• गृहपृष्ठ
  • इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश

इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश

Apr 20th, 2022

काठमाडौं, बैशाख ७

इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानले एसी मिलानलाई ३-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा इन्टर मिलान र एसी मिलानले गोलरहित बराबरी खेलेका थिए।

गयराति भएको खेलमा इन्टर मिलानलाई जित दिलाउन लौटारो मार्टिनेजले दुई गोल गरे भने रोबिन गोसेन्सले एक गोल गरे।

खेलको चौथो मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८२ औं मिनेटमा रोबिन गोसेन्सले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

अब इन्टर मिलानले फाइनलमा उपाधिको लागि युभेन्ट्सले र फियोरेन्टिनाबीचको विजेतासँग भिड्नेछ।