बार्सिलोना काडिजसँग पराजित

Apr 19th, 2022

काठमाडौं, बैशाख ६

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा काडिजसँग हार बेहोरेको छ।क्याम्प नोउमा सोमबार राति भएको खेलमा काडिजले बार्सिलोनालाई १-० गोलले पराजित गरेको हो ।

बार्सिलोनाको मैदानमा काडिजलाई जित दिलाउन लुकास पेरेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पेरेजले खेलको ४८ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै काडिजले ३२ खेलबाट ३१ अंक जोडेको छ र तालिकाको १६ औं स्थानमा छ । पराजित पछि पनि बार्सिलोनाको ३१ खेलबाट ६० अंक छ र तालिकाको दोस्रो स्थानमा छ ।