• गृहपृष्ठ
  • क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी एफए कपको फाइनलमा

क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी एफए कपको फाइनलमा

Apr 18th, 2022

काठमाडौं, बैशाख ५

चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।आइतबार राति भएको सेमिफाइनलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-० गोल ले पराजित गर्दै एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

वेम्बली स्टेडियममा चेल्सीलाई जित दिलाउन रुबेन लोफ्टस र मेसन माउन्टले एक-एक गोल गरे

दोस्रो हाफको ६५ औं मिनेटमा रुबेन लोफ्टसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई २-० को सहज जित दिलाए ।

अब चेल्सीले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।