• गृहपृष्ठ
  • शीर्ष स्थानको बायर्नलाई नौ अंकको अग्रता

शीर्ष स्थानको बायर्नलाई नौ अंकको अग्रता

Apr 18th, 2022

काठमाडौं, बैशाख ५

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्न म्युनिखले आर्मीनियालाई ३-० गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन सर्ज जिनाब्री र जमाल मुसियालाले एक-एक गोल गरे ।बायर्नले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलको दशौं मिनेटमा आर्मीनियाका ज्याकब ब्यारेटले आत्मघाती गोल गरे पछि बायर्नले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको सातौं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई २-० ले अघि बढाए ।

त्यसपछि खेलको ८४औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई ३-० को सहज जित दिलाए ।

जितसँगै बायर्नले ३० खेलबाट ७२ अंक जोडेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ ।पराजित आर्मीनियाको ३० खेलबाट २६ अंक छ र १७ औं स्थानमा छ ।