सिटीलाई पराजित गर्दै लिभरपुल फाइनलमा

Apr 17th, 2022

काठमाडौं, बैशाख ४

लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको सेमिफाइनलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-२ गोल ले पराजित गर्दै एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

वेम्बली स्टेडियममा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे भने इब्राहिमा कोनाटेले एक गोल गरे ।म्यानचेस्टर सिटीका ज्याक ग्रेलीस र बर्नार्डो सिल्भाले एक९एक गोल गरे ।

खेलको नवौं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १७ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-० ले अघि बढाए ।

खेलको ४५ औं मिनेटमा साडियो मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-० ले अघि बढाए ।

खेलको ४७ औं मिनेटमा सिटीका ज्याक ग्रेलीसले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र लिभरपुलले जित निकालेको हो ।

अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।