• गृहपृष्ठ
  • रोनाल्डोको ह्याट्रिकमा नर्विच सिटीमाथि युनाईटेडको जित

रोनाल्डोको ह्याट्रिकमा नर्विच सिटीमाथि युनाईटेडको जित

Apr 17th, 2022

काठमाडौं, बैशाख ४

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले नर्विच सिटीमाथि जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युनाईटेडले नर्विच सिटीलाई ३-२ गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । नर्विच सिटीका किरन डोवेल र टिमु पुक्कीले एक-एक गोल गरे ।

खेलको सातौं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-० ले अघि बढाए ।

पहिलो हाफको इन्जुरी समयमा नर्विच सिटीका किरन डोवेलले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५२ औं मिनेटमा नर्विच सिटीका टिमु पुक्कीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

तर,खेलको ७६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे र युनाईटेडलाई ३-२ को जित दिलाए ।

जितसँगै युनाईटेडले ३२ खेलबाट ५४ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा छ । पराजित नर्विच सिटीको ३२ खेलबाट २१ अंक छ र पुछारमा छ ।