एसी मिलानको सहज जित

Apr 16th, 2022

काठमाडौं, बैशाख ३

इटालियन सिरि ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ। शुक्रबार राति भएको खेलमा मिलानले जेनोआलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन राफेल लियो र जुनियर मेसियसले एक-एक गोल गरे ।

खेलको ११ औं मिनेटमा राफेल लियोले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ८७ औं मिनेटमा जुनियर मेसियसले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै मिलानले ३३ खेलबाट ७१ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ । पराजित जेनोआको ३३ खेलबाट २२ अंक छ र १९ औँ स्थानमा छ ।