बार्सिलोना युरोपा लिगबाट बाहिरियो

Apr 15th, 2022

काठमाडौं, बैशाख २

स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगमा फ्रान्कफुर्टसँग ३-२ गोलले पराजित हुँदै समग्रमा ४-३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको हो ।पहिलो लेगमा फ्रान्कफुर्ट र बार्सिलोनाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

बिहीबार राति क्याम्प नोउमा भएको खेलमा फ्रान्कफुर्टलाई जित दिलाउन फिलिप कोस्टिकले दुई गोल गरे भने राफेल सान्तोसले एक गोल गरेका थिए । बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एक-एक गोल गरेका थिए ।

जितसंगै फ्रान्कफुर्ट युरोपा लिगको सेमिफाईनलमा प्रवेश गरेको छ ।फ्रान्कफुर्टले अब सेमिफाइनलमा वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।