• गृहपृष्ठ
  • बायर्नलाई पराजित गर्दै भिल्ला रियल सेमिफाईनलमा

बायर्नलाई पराजित गर्दै भिल्ला रियल सेमिफाईनलमा

Apr 13th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २९
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा भिल्ला रियलले बायर्न म्युनिखलाई पराजित गरेको छ ।मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगमा बायर्नले भिल्ला रियलसँग १–१ गोलको बराबरी खेले पनी समग्रमा २–१ को जित निकाल्दै भिल्ला रियल सेमिफाईनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा भिल्ला रियलले बायर्नलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

मंगलबार राति भएको खेलमा भिल्ला रियलका शमूएल चुक्वेजेले एक गोल गरेका थिए ।त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवास्डोस्कीले एक गोल गरेका थिए ।

जितसंगै भिल्ला रियल च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ ।