• गृहपृष्ठ
  • चेल्सीलाई पराजित गर्दै रियल सेमिफाईनलमा

चेल्सीलाई पराजित गर्दै रियल सेमिफाईनलमा

Apr 13th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २९
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा रियल मड्रिडले चेल्सीलाई पराजित गरेको छ ।मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगमा चेल्सीसँग ३-२ ले पराजित भए पनि समग्रमा ५–४ को जित निकाल्दै रियल सेमिफाईनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा रियलले चेल्सीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

मंगलबार राति भएको खेलमा चेल्सीका मेसन माउन्ट,एन्टोनियो रुडिगर र टिमो वर्नरले एक-एक गोल गरेका थिए । त्यस्तै रियलका रोड्रिगो र करिम बेन्जेमाले एक- एक गोल गरेका थिए ।

जितसंगै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ ।