साम्पडोरियामाथि बोलोग्नाको सहज जित

Apr 12th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २८
इटालियन सिरी (ए) फुटबलमा बोलोग्नाले साम्पडोरियामाथि सहज जित निकालेको छ ।सोमबार राति भएको खेलमा बोलोग्नाले साम्पडोरियालाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बोलोग्नालाई जित दिलाउन मार्को अर्नाटोभिकले दुई गोल गरे।

खेलको ६१ औं मिनेटमा अर्नाटोभिकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा अर्नाटोभिकले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै बोलोग्नाले ३१ खेलबाट ३७ अंक जोडेको छ र १२ औं स्थानमा छ ।पराजित साम्पडोरियाको ३२ खेलबाट २९ अंक छ र १६ औं स्थानमा छ ।