• गृहपृष्ठ
  • ला लिगा फुटबलमा बार्सिलोनाको पुनरागमन जीत

ला लिगा फुटबलमा बार्सिलोनाको पुनरागमन जीत

Apr 11th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २८

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेभान्टेमाथि पुनरागमन जित निकालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई उसकै घरेलु मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एमरिक औबामेयाङ,पेड्री र लुक डे जोंगले एक-एक गोल गरे।लेभान्टेका जोसे लुइस मोरालेस र गोन्जालो मेलरोले एक-एक गोल गरे।

खेलमा पहिलो अग्रता लेभान्टेले लिएको थियो ।खेलको ५२ औं मिनेटमा लेभान्टेका जोसे लुइस मोरालेसले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५९ औं मिनेटमा बार्सिलोनाका एमरिक औबामेयाङले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

खेलको ६३ औं मिनेटमा बार्सिलोनाका पेड्रीले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।

तर, खेलको ८३ औं मिनेटमा लेभान्टेका गोन्जालो मेलरोले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

दोस्रो हाफको इन्जुरी समयमा बार्सिलोनाका लुक डे जोंगले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसंगै बार्सिलोनाले ३० खेलबाट ६० अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल म्याड्रिडको मड्रिडको ३१ खेलबाट ७२ अंक छ । पराजित लेभान्टेको ३१ खेलबाट २२ अंक छ र १९ औँ स्थानमा छ ।