• गृहपृष्ठ
  • गोलरहित बराबरीमा रोकियो शीर्ष स्थानको मिलान

गोलरहित बराबरीमा रोकियो शीर्ष स्थानको मिलान

Apr 11th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २८
इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान टोरिनोसँग बराबरीमा रोकिएको छ । आइतबार राति टोरिनोको घरेलु मैदानमा भएको खेलमा एसी मिलान र टोरिनोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै एसी मिलानको ३२ खेलबाट ६८ अंक छ र शीर्ष स्थानमा छ । टोरिनोको ३१ खेलबाट ३९ अंक छ र ११ औं स्थानमा छ ।