बराबरीमा रोकियो सिटी र लिभरपुल

Apr 11th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २८
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल बराबरीमा रोकिएका छन् ।आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा सिटीको लागि केविन डे ब्रुइन र ग्राबियल जिससले एक-एक गोल गरे भने लिभरपुलका डियोगो जोटा र साडियो मानेले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता सिटीले लिएको थियो । खेलको पाँचौं मिनेटमा केविन डे ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

तर, खेलको १३ औं मिनेटमा लिभरपुलका डियोगो जोटाले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

खेलको ३६ औं मिनेटमा सिटीका ग्राबियल जिससले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।

तर, खेलको ४६ औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

खेलको ६३ औं मिनेटमा सिटीका रहिम स्ट्रर्लिङले गरेको गोल भीएआरमा अफसाइड देखाएपछि मान्यता पाएन ।

बराबरीसँगै सिटीको ३१ खेलबाट ७४ अंक छ र तालिकाको शीर्ष स्थानमा छ। लिभरपुलको ३१ खेलबाट ७३ अंक छ र तालिकाको दोस्रो स्थानमा छ ।