• गृहपृष्ठ
  • युरोपा लिग फुटबलमा बराबरीमा रोकियो बार्सिलोना

युरोपा लिग फुटबलमा बराबरीमा रोकियो बार्सिलोना

Apr 8th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २५ चैत
बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ ।बिहीबार राति भएको खेलमा बार्सिलोनाले फ्रैंकफर्टसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

फ्रैंकफर्टको घरेलु मैदानमा बार्सिलोनाको लागि फेरान टोरेसले एक गोल गरे भने फ्रैंकफर्टको लागि अंगार नौफले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता फ्रैंकफर्टले लिएको थियो । खेलको ४८ औँ मिनेटमा फ्रैंकफर्टका अंगार नौफले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

तर,खेलको ६६ औँ मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

खेलको ७८ औं मिनेटमा फ्रैंकफर्ट १० खेलाडीमा समेटिएको थियो। फ्रैंकफर्टका टुटाले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

अब दोस्रो लेग अप्रिल १५ मा बार्सिलोनाको मैदानमा हुनेछ ।