• गृहपृष्ठ
  • बेन्जिमाको ह्याट्रिकमा चेल्सीमाथि रियलको जित

बेन्जिमाको ह्याट्रिकमा चेल्सीमाथि रियलको जित

Apr 7th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २४
रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले सहज जित निकालेको छ ।बुधबार राति भएको खेलमा रियलले चेल्सीलाई उसकै घरेलु मैदानमा ३-१ गोलले पराजित गरेको हो ।

बेन्फिकाको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक गरे । चेल्सीका काइ हार्भटेजले एक गोल गरे ।

खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २४ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० ले अघि बढाए ।

खेलको ४० औं मिनेटमा चेल्सीका काइ हार्भटेजले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर,खेलको ४६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै ह्याट्रिक पूरा गरे र रियललाई ३-१ को सहज जित दिलाए ।

अब दोस्रो लेग अप्रिल १३ मा रियल मड्रिडको मैदानमा हुनेछ ।