• गृहपृष्ठ
  • भक्तपुरबाट कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

भक्तपुरबाट कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

Apr 6th, 2022

भक्तपुर, २३ चैत
चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट
कौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।