बेन्फिकामाथि लिभरपुलको सहज जित

Apr 6th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २३
लिभरपुलले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा लिभरपुलले बेन्फिकालाई उसकै घरेलु मैदानमा ३-१ गोलले पराजित गरेको हो ।

बेन्फिकाको मैदानमा सिटीलाई जित दिलाउन इब्राहिमा कोनाटे,साडियो माने र लुइस डियाजले एक-एक गोल गरे । बेन्फिकाको डार्विन नुनेजले एक गोल गरे ।

खेलको १७ औं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-० ले अघि बढाए ।

दोस्रो हाफको ४९ औं मिनेटमा बेन्फिकाको डार्विन नुनेजले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर,खेलको ८७ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३-१ को सहज जित दिलाए ।

अब दोस्रो लेग अप्रिल १४ मा लिभरपुलको मैदानमा हुनेछ ।