एट्लेटिकोमाथि सिटीको जित

Apr 6th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २३
म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ ।मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले एट्लेटिको मड्रिडलाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन केविन डी ब्रुएनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । ब्रुएनले दोस्रो हाफको ७० औं मिनेटमा सो गोल गरेका हुन् ।

अब दोस्रो लेग अप्रिल १३ मा एट्लेटिको को मैदानमा हुनेछ ।