• गृहपृष्ठ
  • संरक्षित वन्यजन्तुको अखेटोपहार सहित पक्राउ

संरक्षित वन्यजन्तुको अखेटोपहार सहित पक्राउ

Apr 5th, 2022

काठमाडौं, २२ चैत
भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्तिबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार बस्तु ५ थान र भालुको पित्त जस्तो देखिने बस्तु ५ थान सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्र बहादुर बेगा, काठमाडौं कोटेश्वर बस्ने जुम्ला सिंजा गाउँपालिका-६ काडागाउँ घर भएका १८ वर्षीय किशोर र काठमाडौं जोरपाटी बस्ने पाँचथर याङवरक गाउँपालिका-२ तिनतिम्बो घर भएका ४६ वर्षीय लोकेन्द्र बेगा रहेका छन् ।

उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय भक्तपुर पठाइएको छ ।