• गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

Apr 5th, 2022

बाँके, २२ चैत
कोहलपुर नगरपालिका-११ बसपार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।