आर्सनलमाथि क्रिस्टल प्यालेसको जित

Apr 5th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, चैत २२

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले आर्सनलमाथि जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा क्रिस्टल प्यालेसले आर्सनललाई ३–० गोलले पराजित गरेको हो ।

सेलहर्स्ट पार्क स्टेडियममा क्रिस्टल प्यालेसलाई जित दिलाउन जीन-फिलिप माटेटा,जोर्डन आइयू र विल्फ्रेड जाहाले एक-एक गोल गरे ।

खेलको १६ औँ मिनेटमा जीन-फिलिप माटेटाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको २४ औँ मिनेटमा जोर्डन आइयूले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि दोस्रो हाफको ७४ औँ मिनेटमा विल्फ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसंगै क्रिस्टल प्यालेसले ३० खेलबाट ३७ अंक जोडेको छ र नवौं स्थानमा छ। हारपछि पनि आर्सनलको ५४ अंक छ र तालिकाको पाँचौं स्थानमा छ ।