• गृहपृष्ठ
  • गोलरहित बराबरीमा रोकियो शीर्ष स्थानको एसी मिलान

गोलरहित बराबरीमा रोकियो शीर्ष स्थानको एसी मिलान

Apr 5th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २२

इटालियन सिरी (ए) फुटबलमा शीर्ष स्थानको एसी मिलान बराबरीमा रोकिएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा एसी मिलान र बोलोग्नाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।घरेलु मैदानमा बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानले सिरी ए को शीर्ष स्थानमा तीन अंकको अग्रता लिने मौका गुमाएको छ ।

बराबरीसँगै एसी मिलानको ३१ खेलबाट ६७ अंक छ र शीर्ष स्थानमा छ ।बोलोग्नाको ३० खेलबाट ३४ अंक छ र १२ औं स्थानमा छ ।