पेड्रीको गोलमा बार्सिलोनाको जित

Apr 4th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, चैत २१

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई १–० ले पराजित गरेको हो ।

क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पेड्रीले खेलको ७२ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले २९ खेलबाट ५७ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित सेभिल्लाले ३० खेलबाट ५७ अंक जोडेको छ र चौथो स्थानमा छ ।