• गृहपृष्ठ
  • शीर्ष स्थानको पीएसजीलाई १२ अंकको अग्रता

शीर्ष स्थानको पीएसजीलाई १२ अंकको अग्रता

Apr 4th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २१ चैत

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १२ अंकको अग्रता बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले लोरियन्टलाई ५-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेमार र केलियन एमबाप्पे दुई-दुई गोल गरे भने लिओनेल मेस्सीले एक गोल गरे।लोरियन्टका तेरेम मोफीले एक गोल गरे।

खेलको १२ औं मिनेटमा नेमारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २-० ले अघि बढाए ।

दोस्रो हाफको ५६ औं मिनेटमा लोरियन्टका तेरेम मोफीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर,६७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-१ ले अघि बढाए ।

खेलको ७३ औं मिनेटमा लिओनेल मेस्सीले गोल गर्दै पीएसजीलाई ४-१ ले अघि बढाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा नेमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-१ को जित दिलाए ।

जितसंगै पीएसजीले ३० खेलबाट ६८ अंक जोडेको छ र शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ ।पराजित लोरियन्टको ३० खेलबाट २८ अंक छ र १६ औं स्थानमा छ ।