• गृहपृष्ठ
  • श्रीलंकाका सबै मन्त्रीले दिए सामुहिक राजीनामा

श्रीलंकाका सबै मन्त्रीले दिए सामुहिक राजीनामा

Apr 4th, 2022

काठमाडौ २१ चैत

श्रीलंकामा चरम आथिर्तक संकट आएपछि त्यहाँका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको भारतीय समाचार पत्र द हिन्दुले जनाएको छ ।

जस अनुसार सङ्कटकाल घोषणा भएपछि लगाइएको कर्फ्यु र त्यसका बाबजुद आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्।

श्रीलंका दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट आइपरेको थियो । जसको व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शन गरिरहेका छन् । श्रीलंका सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको थियो ।

राजीनामा दिनेहरूमा राजापाक्षे परिवारका तीन जना मन्त्री पनि छन्। त्यस्तै प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् ।