• गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

Apr 3rd, 2022

काठमाडौँ, २० चैत

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

बर्नलीको मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुइन र इल्के गुन्डोगनले एक-एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा केभिन डे ब्रुइनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको २५ औँ मिनेटमा इल्के गुन्डोगनले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए ।

जितसंगै सिटीले ३० खेलबाट ७३ अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित बर्नलीको २८ खेलबाट २१ अंक छ र १९ औं स्थानमा छ ।