• गृहपृष्ठ
  • शीर्ष स्थानको रियल मड्रिडलाई १२ अंकको अग्रता

शीर्ष स्थानको रियल मड्रिडलाई १२ अंकको अग्रता

Apr 3rd, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २० चैत
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले १२ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २-१ गोलले पराजित गरेको हो ।

सेल्टा भिगोको मैदानमा रियल मड्रिडलाई जित दिलाउन करिम बेन्जेमाले दुई गोल गरे ।सेल्टा भिगोका नोलिटोले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५२ औं मिनेटमा सेल्टा भिगोका नोलिटोलेले गोल गर्दै खेल बराबरीमा फर्काए ।

तर, खेलको ६९ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।बेन्जेमाले खेलको ६४ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

जितसँगै रियलले ३० खेलबाट ६९ अंक जोडेको छ र शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ ।पराजित सेल्टा भिगोको ३० खेलबाट ३६ अंक छ र ११ औं स्थानमा छ ।