• गृहपृष्ठ
  • शीर्ष स्थानको बायर्नलाई नौ अंकको अग्रता

शीर्ष स्थानको बायर्नलाई नौ अंकको अग्रता

Apr 3rd, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २० चैत
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले फ्रेइबर्गलाई ४-१ गोलले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन लियोन गोरेट्जका,सर्ज जिनाब्री,किंग्सले कोमन र मार्सेल सबिट्जरले एक-एक गोल गरे ।फ्रेइबर्गका निल्स पीटरसनले एक गोल गरे ।

खेलको ५८ औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको ६३ औं मिनेटमा फ्रेइबर्गका निल्स पीटरसनले गोल गर्दै खेल बराबरीमा फर्काए

खेलको ७३ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई २-१ ले अघि बढाए ।

खेलको ८२ औं मिनेटमा किंग्सले कोमनले गोल गर्दै बायर्नलाई ३-१ ले अघि बढाए ।

त्यसपछि इन्जुरी समयमा मार्सेल सबिट्जरले गोल गर्दै बायर्नलाई ४-१ को सहज जित दिलाए ।

जितसँगै बायर्नले २८ खेलबाट ६६ अंक जोडेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ ।पराजित फ्रेइबर्गको २८ खेलबाट ४५ अंक छ र पाँचौं स्थानमा छ ।