लेस्टरसँग बराबरीमा रोकियो युनाईटेड

Apr 3rd, 2022

काठमाडौँ, २० चैत

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाईटेड लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा युनाईटेडले लेस्टरसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाईटेडको लागि फ्रेडले एक गोल गरे भने लेस्टर सिटीको लागि केलेची इहेनाचोले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लेस्टर सिटीले लिएको थियो । खेलको ६३ औं मिनेटमा केलेची इहेनाचोले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए।

तर, खेलको ६६ औं मिनेटमा युनाईटेडका फ्रेडले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युनाईटेडको ३० खेलबाट ५१ अंक छ र तालिकाको छैटौं स्थानमा छ। लेस्टरको २८ खेलबाट ३७ अंक छ र नवौं स्थानमा छ ।