• गृहपृष्ठ
  • युक्रेन र रुसबीच शुक्रबार शान्ति वार्ता पुनः शुरु हुने

युक्रेन र रुसबीच शुक्रबार शान्ति वार्ता पुनः शुरु हुने

Apr 1st, 2022

मस्कोरकीभ, १८ चैत, /रासस/सिन्ह्वा

युक्रेन र रुसले शुक्रबार अनलाइन ढाँचामा शान्ति वार्ता पुनः शुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ।

वार्ताको क्रममा युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको बैठकको लागि आवश्यक सम्झौता गर्न प्रयासहरू तीव्र पार्ने पनि अरखामियाले टेलिग्राममा गल्लेख गरेका छन् । “हामी आशा गर्छौं राष्ट्रपतिहरूले अर्को भेट गर्नेछन्,” अरखामियाले भने । युक्रेनी पक्षले रुस वा बेलारुस बाहेक अन्यत्र बैठक बस्न जोड दिदै आएको छ।

तास समाचार एजेन्सीका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका छन्, “भोलि (शान्ति वार्ता) पुन: शुरु गर्ने बारे छलफल भएको छ यदि यो भयो भने हामी तपाईंलाई सूचित गर्नेछौं।” पुटिन र जेलेन्स्कीबीचको सम्भावित भेटको कुनै स्पष्ट समयावधि छैन स्पष्ट पारिएको छैन।

उनले भनेका छन्, । ‘सम्झौताको पाठमा कामलाई अन्तिम रूप दिन, उच्चपदस्थ अधिकारीले यस पाठको स्वीकृति र प्रारम्भ गर्नुअघि उच्च तहको बैठक बोलाउनुपर्छ’ ।