• गृहपृष्ठ
  • दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

Apr 1st, 2022

सियोल, १८ चैत, /रासस/सिन्ह्वा

दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

के टी- १ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १:३६ बजे दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ । अग्निनियन्त्रक अधिकारीहरूले उद्धारका लागि दुई हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन् ।