स्रोत नखुलेको नगद सहित पक्राउ

Mar 31st, 2022

महोत्तरी, १७ चैत
सम्सी गाउँपालिका-६ भेडपुर चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९१ हजार रूपैयाँ सहित औरही नगरपालिका-५ टिम्किया बस्ने २० वर्षीय वीरेन्द्र कुमार दासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।