पोल्याण्ड विश्वकपमा छनोट

Mar 30th, 2022

काठमाडौं, चैत १६

फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपियन छनोटको प्ले अफको फाइनलमा पोल्याण्डले जित निकालेको छ ।मंगलबार राति भएको खेलमा पोल्याण्डले स्वीडेनलाई २–० गोलले पराजित गर्दै विश्वकपका लागि छनोट भएको हो ।

पोल्याण्डलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र पिओत्र जिएलिन्स्किले एक-एक गोल गरे ।

खेलको ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ७२ औं मिनेटमा पिओत्र जिएलिन्स्किले गोल गर्दै पोल्याण्डलाई २-० को जित दिलाए ।

जितसँगै पोल्याण्ड कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।