विश्वकप छनोटमा ब्राजिलको शानदार जित

Mar 30th, 2022

काठमाडौं, चैत १६

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले शानदार जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे भने लुकास पाकेटा र ब्रुनो गुइमारेसले एक-एक गोल गरे।

खेलको २४ औं मिनेटमा लुकास पाकेटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

खेलको ४५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई २-० ले अघि बढाए ।

दोस्रो हाफको ६६ औं मिनेटमा ब्रुनो गुइमारेसले गोल गर्दै ब्राजिललाई ३-० ले अघि बढाए ।

त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ४-० को जित दिलाए ।

जितसँगै ब्राजिलले १७ खेलबाट ४५ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित बोलिभियाको १८ खेलबाट १५ अंक छ र नवौं स्थानमा छ ।ब्राजिलले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।