पोर्चुगल विश्वकपमा छनोट

Mar 30th, 2022

काठमाडौं, चैत १६

फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपियन छनोटको प्ले अफको फाइनलमा पोर्चुगलले जित निकालेको छ ।मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० गोलले पराजित गर्दै विश्वकपका लागि छनोट भएको हो ।

पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डिसले दुई गोल गरे।फर्नान्डिसले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेका हुन् ।

खेलको ३२ औं मिनेटमा फर्नान्डिसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ६५ औं मिनेटमा फर्नान्डिसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

जितसँगै पोर्चुगल कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।