• गृहपृष्ठ
  • त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

Mar 29th, 2022

आधारभूमि संवाददता

काठमाडौँ १५ चैत

त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ । उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले विशेष अदालतमा मंगलबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

उनीहरुमाथि परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।अख्तियारले आरोपितहरूले उम्मेदवारहरूको प्राप्ताङक केरमेट गरेको र अंक थपघट गरी नतिजा फेरबदल गरेको उजुरी परेपछि छानबिन थालेको थियो ।

आयोगका अनुसार उनीहरुले २०७३ फागुन १८ गते उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदमा भर्नाका लागि भएको लिखित परिक्षामा अनियमितता र आर्थिक चलखेल गरेका थिए ।