मैत्रीपूर्ण खेलमा जर्मनीको सहज जित

Mar 27th, 2022

काठमाडौं, चैत १३

जर्मनीले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।शनिबार राति सम्पन्न खेलमा जर्मनीले इजरायललाई २-० गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन काई हार्ट्ज र टिमो वेर्नेरले एक एक गोल गरे ।

खेलको ३६ औं मिनेटमा काई हार्ट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।

त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा टिमो वेर्नेरले गोल गर्दै जर्मनीलाई २-० को सहज जित दिलाए ।

दोस्रो हाफको ८९ औं मिनेटमा जर्मनीका थोमस मुलरले पेनाल्टीमा गोल गर्न चुकेका थिए भने इन्जुरी समयमा इजरायलका कोहेन पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।