अर्जेन्टिनाको सहज जित

Mar 26th, 2022

काठमाडौं, १२ चैत

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जाला,एन्जेल डि मारिया र लिओनेल मेस्सीले एक-एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा निकोलस गोन्जालाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ७९ औं मिनेटमा एन्जेल डि मारियाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८२ औं मिनेटमा लिओनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।

जितसँगै अर्जेन्टिनाले १६ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित भेनेजुएलाको १७ खेलबाट १० अंक छ र पुछारमा छ ।अर्जेन्टिनाले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।