विश्वकप छनोटमा ब्राजिलको शानदार जित

Mar 25th, 2022

काठमाडौं, चैत ११

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले शानदार जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन नेयमार,भिनिसियस जुनियर,फिलिप काउटिन्हो र रिचार्लिसनले एक-एक गोल गरे।

खेलको ४४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयको भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई २-० ले अघि बढाए ।

दोस्रो हाफको ७२ औं मिनेटमा फिलिप काउटिन्होले पेनाल्टीमा गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा रिचार्लिसनले गोल गदै ब्राजिललाई ४-० को जित दिलाए ।

जितसँगै ब्राजिलले १६ खेलबाट ४२ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित चिलीको १७ खेलबाट १९ अंक छ र सातौं स्थानमा छ ।ब्राजिलले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।