टर्कीमाथि पोर्चुगलको सहज जित

Mar 25th, 2022

काठमाडौं, चैत ११

फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपियन छनोटको प्ले अफको सेमिफाइनलमा पोर्चुगलले जित निकालेको छ ।बिहीबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले टर्कीलाई ३–१ गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन ओटाभियो मोन्टेइरो,डियोगो जोटा र म्याथियस नुनेसले एक-एक गोल गरे।टर्कीका बुराक यिल्मजले एक गोल गरे।

खेलको १५ औं मिनेटमा ओटाभियो मोन्टेइरोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

खेलको ४२ औं मिनेटमा डियोगो जोटाले गोल गर्दै पोर्चुगललाई २-० ले अघि बढाए ।

खेलको ६५ औं मिनेटमा टर्कीका बुराक यिल्मजले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर, इन्जुरी समयको चौथो मिनेटमा म्याथियस नुनेसलेले गोल गदै पोर्चुगललाई ३-१ को जित दिलाए ।

अब पोर्चुगलले प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा ।पोर्चुगल र नर्थ म्यासेडोनियाबीचको खेल मंगलबार हुनेछ।