• गृहपृष्ठ
  • पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

Mar 24th, 2022

लिस्बन (पोर्चुगल), १० चैत, रासस/एएनआई/सिन्ह्वा

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गर्नुभएको छ । सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गर्नुभएको छ। कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ।

पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ । जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।

प्रधानमन्त्री-निर्वाचित, एन्टोनियो कोस्टाले बताएअनुसार नयाँ सरकारको “बलियो राजनीतिक आधारू छ जुन “पोर्तुगाली समाजमा विविध अनुभवहरूू भएका व्यक्तिहरू मिलेर बनेको छ ।

नयाँ मन्त्रीहरुको सपथ ग्रहण चैत ३० गते हुने बताइएको छ ।