• गृहपृष्ठ
  • संयुक्त राष्ट्रसंघका महासचिवद्धारा सुडानमा भएका हिंसात्मक हमलाको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिवद्धारा सुडानमा भएका हिंसात्मक हमलाको निन्दा

Mar 22nd, 2022

संयुक्त राष्ट्रसंघ,८ चैत /रासस/सिन्ह्वा

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले हालैका दिनहरुमा सुडानमा जारी रहेका हिंसात्मक हमलाहरुको कडा शब्दमा निन्दा गर्नुभएको छ । महासचिव गुटरेसले यस्ता हिंसात्मक हमलाहरु रोकेर आवश्यक मात्रामा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गर्नुभएको छ ।

नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार भएकाले यी अधिकारको सम्मान गर्न आग्रह गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुएको छ ।उहाँले हत्या हिंसा रोक्न माग गर्दै सम्बद्ध पक्षलाई सबै प्रकारका समस्याको समाधान शान्तिपूर्ण रुपमा खोज्न पनि आग्रह गर्नुभएको छ । सुडानमा जारी रहेको पछिल्लो समयको हिंसामा परी सयौँ नागरिकले ज्यान गुमाएका छन् ।