• गृहपृष्ठ
  • रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

Mar 21st, 2022

मस्को (रूस), ७ चैत, रासस/एएनआई/सिन्ह्वा

रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् ।

पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट(क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लीटको आधार हो।