लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा

Mar 21st, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ७ चैत

लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले नटिङ्घम
फरेस्टलाई उसकै मैदानमा १-० गोलले पराजित गर्दै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले विजयि गोल गरे ।जोटाले दोस्रो हाफको ७८ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै लिभरपुल एफ ए कप फुटबलको सेमिफाइनलमा पुगेको हो ।अब लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।