• गृहपृष्ठ
  • म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा

Mar 21st, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ७ चैत

म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई उसकै मैदानमा ४-१ गोलले पराजित गर्दै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउथह्याम्पटनको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ,केभिन डे ब्रुइन,फिल फोडेन र रियाद महारेजलेले एक-एक गोल गरे ।

खेलको १२ औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एेमरिक लापोर्टेले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा फर्कियो।

तर,खेलको ६२ औं मिनेटमा सिटीका केभिन डे ब्रुइनले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

खेलको ७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

त्यसपछि खेलको ७८ औं मिनेटमा .रियाद महारेजले गोल गर्दै टोलीलाई ४-१ को जित दिलाए ।

जितसँगै म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा पुगेको हो ।