• गृहपृष्ठ
  • शीर्ष स्थानको रियल मड्रिड बार्सिलोनासँग पराजित

शीर्ष स्थानको रियल मड्रिड बार्सिलोनासँग पराजित

Mar 21st, 2022

काठमाडौँ, ७ चैत

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बार्सिलोनासँग पराजित भएको छ। आइतबार राति भएको एल क्लासिकोमा रियल मड्रिडलाई बार्सिलोनाले उसकै मैदानमा ४-० गोलले पराजित गरेको हो ।

रियलको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन एमरिक औबामेयाङले दुई गोल गरे भने रोनाल्ड अराउजो र फेरान टोरेसले एक-एक गोल गरे।

खेलको २९ औं मिनेटमा एमरिक औबामेयाङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३८ औं मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ४७ औं मिनेटमा टोरेसले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ५१ औं मिनेटमा एमरिक औबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोनाले २८ खेलबाट ५४ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। पराजित पछि पनी रियल मड्रिडको २९ खेलबाट ६६ अंक छ र शीर्ष स्थानमा छ ।