स्रोत नखुलेको नगद सहित पक्राउ

Mar 20th, 2022

कास्की, ६ चैत
पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी ९पश्चिम० सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।