• गृहपृष्ठ
  • शीर्ष स्थानको एसी मिलानलाई तीन अंकको अग्रता

शीर्ष स्थानको एसी मिलानलाई तीन अंकको अग्रता

Mar 20th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ६ चैत

इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलानले जित निकालेको छ ।शनिबार राति भएको खेलमा एसी मिलानले काग्लियारीलाई १-० गोलले पराजित गरेको हो ।

काग्लियारीको मैदानमा एसी मिलानलाई जित दिलाउन इस्माइल बेनेसरले विजयि गोल गरे। बेनेसरले दोस्रो हाफको ५९ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै एसी मिलानले ३० खेलबाट ६६ अंक जोडेको छ र शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ ।पराजित काग्लियारीको ३० खेलबाट २५ अंक छ र १७ औं स्थानमा छ ।