• गृहपृष्ठ
  • शीर्ष स्थानको बायर्नलाई सात अंकको अग्रता

शीर्ष स्थानको बायर्नलाई सात अंकको अग्रता

Mar 20th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ६ चैत
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लीनलाई ४-० गोलले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने किंग्सले कोमन र तान्ग्युए निअन्जिउले एक-एक गोल गरे ।

खेलको १६ औं मिनेटमा किंग्सले कोमनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २५ औं मिनेटमा तान्ग्युए निअन्जिउले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि खेलको ४७ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसँगै बायर्नले २७ खेलबाट ६३ अंक जोडेको छ र शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।पराजित युनियन बर्लीनको २७ खेलबाट ३८ अंक छ र आठौं स्थानमा छ ।